३० असार २०८३, मंगलबार

काँग्रेसको महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गर्न ३००० शुल्क बुझाउनुपर्ने

कात्तिक २९, २०७८
काँग्रेसको महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गर्न ३००० शुल्क बुझाउनुपर्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गराउन ३ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ । काँग्रेसले आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

‘केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क वापत रु ३,००० (तीन हजार) बुझाउनु पर्नेछ’, निर्णयमा भनिएको छ ।
काँग्रेसको १४ औं अधिवेशन मंसिर २४–२६ गते काठमाडौंमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्