१९ असार २०८३, शुक्रबार

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

कात्तिक ३०, २०७८
कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

सेवाग्राहीले कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् ।

प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालू नगरिएको यातायात व्यवस्था विभागले बताएको छ । देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।

उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । ‘यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ,’ उनले भने ।

सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ । दुई वर्षदेखि नै सेवा बीचबीचमा अवरुद्ध हुँदा अनुमतिपत्रका लागि फारम भर्न नपाएका सेवाग्राहीले अहिले खुल्नासाथ भरिरहेका छन् ।

देशभरका १२ कार्यालयमा दैनिक लाखौं सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको प्रवक्ता डा. भुसालले जानकारी दिए । विभागले गत वर्षदेखि अनलाइन आवेदन शुरू गरेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्