१५ असार २०८३, सोमबार

महजोडी दीपाका ‘बा–आमा’ !

कात्तिक २०, २०७४
महजोडी दीपाका ‘बा–आमा’ !
काठमाडौं, १० असार– मह जोडी अर्थात हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको जोडी अभिनयका कारण मात्र परिचित छैन । यो जोडीको सरलताले पनि मह जोडीलाई चिनाउन उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ ।

बुधवार कार्यक्रमको सिलसिलामा चन्द्रागिरीको काखमा पुगेका हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ फ्यानहरुसँग तस्वीर खिच्नमै व्यस्त थियो ।

चन्द्रागिरी हिल्सकोे ब्राण्ड एम्बेस्डर समेत रहेका मह जोडीलाई आयोजकले कार्यक्रम स्थलसम्म लैजान समेत आग्रह गर्नुपरेको थियो ।maha 1

मदनकृष्ण हिँड्न खोज्थे, फ्यानहरु तस्वीर लिन टुप्लुक्क आइपुग्थे । मदनकृष्ण मुस्कुराउँदै सेल्फी खिच्थे । ठ्याक्कै यही दृश्य थियो हरिवंशको पनि । आयोजकले आग्रह गरिरहेका थिए, ‘यसरी फ्यानसँग फोटो खिच्न थालियो भने त कार्यक्रम नै शुरु गर्न सकिन्न सर, लागौं ।’

उनको कुरामा पनि मदनकृष्ण मुस्कुराइदिन्थे ।

चन्द्रागिरीको प्रर्वद्धन गर्न तयार पारिएको भिडियो सार्वजनिकीकरण कार्यक्रममा मह जोडीलाई नेपाली हास्य चलचित्र जगतका अर्का चर्चित जोडीसँग भेट गराइदिएको थियो । मह जोडीजस्तै अर्कै जोडी थियो, दीपक र दीपाको जोडी ।

आफ्नो करिअरको शुरुवाती दिनमा दीपाश्री निरौलाले मह जोडीको श्रंखला ‘असार १५’ मा कोरस नाच्ने मौका पाएकी थिइन् । धेरै नेपाली दर्शकले चिन्ने भएपनि यी दुई जोडीको औपचारिक भेट भने आजसम्म नभएको दीपक र दीपाले स्पष्ट पारेका थिए । एक मिनेट लामो उक्त भिडियोको निर्माण गर्दा भन्ने दुई जोडी केही समयका लागि एउटै जोडी बनेर काम गरे ।

‘हामीले एकै ठाउँमा काम गर्ने अवसर बल्ल पाएपनि मेरा लागि उहाँहरु बुबाआमा हुनुहुन्छ ।’ आफूले मह जोडीको कार्यक्रममा कोरस नाच्न पाउनु नै ठूलो कुरा भएको बताउँदै दीपाले मह जोडीलाई भनिन्, ‘एकै ठाउँ काम गर्न पाउँदा खुशी लागेको छ, हामीले गर्ने काम गरिसकेका छौं, अब तपाईहरुले पनि आफ्नो काम गर्नुहोला ।’
दीपाले चन्द्रागिरी हिल्सको समाचार सम्प्रेषण गर्न सबैलाई आग्रह गर्दै थिइन् ।

कार्यक्रममा चन्द्रागिरी हिल्सको ब्राण्ड एम्बेस्डरको भूमिकामा देखिएका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी र दीपाश्री निरौलाले आफ्नोभन्दा बढी अरुको प्रशंसा गरेको अतिथिका लागि रमाइलो विषय बनिरहेको थियो ।

कुराकै सिलसिलामा दीपकले थपे, ‘हामीकहाँ सत्तरी प्रतिशतले नकारात्मक कुरालाई फैलाउन खोज्ने प्रवृत्ति रहेको छ, केही व्यक्तिको मात्र सत्य कुरालाई स्वीकार्न सक्नुहुन्छ ।’, उनले थपे, ‘तर समय लाग्ला तर अन्त्यमा सत्यको नै जित हुन्छ ।’madan

उनको यो व्यङ्ग्य आफूविरुद्ध बोल्ने फ्यान र चन्द्रागिरी हिल्सका बारेमा भ्रम फैलाउनेप्रति इंगित थियो । मह जोडीजस्तै दीपक–दीपाको जोडी पनि अहिले नेपाली हास्य जगतमा उत्तिकै सफलताको बिन्दुमा छ ।

टेलिफिल्म हुँदै सिनेमामा होमिएको दीपक–दीपाको टिमलाई नजिकबाट नियालेका मह जोडीका ‘ह’ अर्थात हरिवंश आचार्यले दीपक–दीपाको कामको प्रशंसा गरे ।

‘दीपाश्री बैनीले हाम्रो टेलिफिल्म ‘पन्ध्र गते’ मा काम गर्नुभएको उहाँलाई अझै याद रैछ, मैले त बिर्सिसकेको थिएँ ।’ हरिवंशले थपे, ‘हामीले बनाएको टेलिफिल्ममा तपाईले कोरस गर्नुभएको रैछ, अब तपाईले बनाउने चलचित्रमा हामीलाई कोरस नाच्न दिनुहोला ।’

हरिवंशले दीपाश्रीले गरेको प्रगति र चलचित्र छक्का पञ्जामा देखाएको निर्देशकीय क्षमताको प्रशंसा पनि गरेका थिए ।

नेपाली चलचित्र वृतमा एकअर्काको खुट्टा तान्ने प्रवृत्ति हाबी हुँदै गइरहेका बेला मह जोडी र दीपक–दीपाको जोडीले भने एकले अर्काको बाक्लै प्रशंसा गरिरहेका थिए । खासै कार्यक्रममा नदेखिने मदनकृष्ण श्रेष्ठको सरल स्वभावले धेरैको ध्यान उनीतिरै केन्द्रित गरेको थियो ।

कार्यक्रम सञ्चालन गरिरहेका निर्देशक दिनेश डिसीले समेत दुई जोडीको प्रशंसा गरेका थिए । ‘दुई चर्चित जोडीलाई एउटै भिडियोमा अभिनय गराउन पाउनु पनि हाम्रा लागि सुखद् कुरा हो ।’
माहोल हेर्दा लाग्थ्यो, यहाँ सबै सबैका फ्यान छन् ।

तस्बिर सौजन्यः आर्यन बिमली

salt training

कमेन्ट गर्नुहोस्