२८ जेठ २०८३, बिहीबार

मुख्यमन्त्रीले विश्वासको मत लिँदालिँदै सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

मंसिर १, २०७८
मुख्यमन्त्रीले विश्वासको मत लिँदालिँदै सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

१ नम्बर प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने बेला सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ ।

बुधवार मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत माग्दै प्रस्ताव प्रस्तुत गरेपछि नेकपा एमालेका सांसद हिक्मत कार्कीले बोलेका थिए ।

कार्कीले संसदमा बोल्दै नेपाली कांग्रेसको सातो गएकाले धामीझाक्री नै बोलाउनुपर्ने अवस्था आएको बताए । प्रदेशमा दोस्रो शक्ति मानिएको कांग्रेसले चौथो शक्तिलाई सत्ता दिएको भन्दै कार्कीले सातो गएको आरोप लगाए ।

मुख्यमन्त्रीले विश्वासको मत लिन गठबन्धन दलका सांसदलाई होटलको बन्दकोठामा राखेर मासुभात खुवाएको आरोप समेत कार्कीले लगाए । 

जवाफमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले एमालेका कारण देशमा दुर्घटना बढेको बताए । कोइरालाले संविधानको रक्षा गर्नेहरूले गठबन्धन गरेको समेत बताए ।

प्रतिपक्षी दलले लगाएको आरोपको जवाफ दिँदै १ नम्बर प्रदेशका मुख्यमन्त्री राईले दुईतिहाइबाट प्रतिपक्षमा आउने एमालेले सुशासन सिकाएको नसुहाएको बताए । राईले एमालेको मति हेर्दा जहिल्यै प्रतिपक्षमा बस्ने खालको भएको आरोप लगाए ।

कार्कीले गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘नेपाली कांग्रेसको सातो गएको छ, धामीझाँक्री बोलाउनुपर्ने देखियो,’ उनले भने, ‘२१ सांसद रहेको कांग्रेसले प्रदेशमा १० सिटेलाई नेतृत्व दिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्