२४ असार २०८३, बुधबार

म्यादी जीवन बीमाको शुल्क भुक्तानी खल्तीबाटै गर्न सकिने

म्यादी जीवन बीमाको शुल्क भुक्तानी खल्तीबाटै गर्न सकिने

वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमाशुल्क भुक्तानी खल्ती डिजिटल वालेटमार्फत गर्न सकिने भएको छ ।

नेपालीहरु व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको लागी जाँदा गरिने म्यादी जीवन बीमा वापतको बीमा शुल्क बुझाउने सुविधा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्ष देखि दिँदै आएको थियो ।

 सो सुविधालाई थप विस्तार गर्दै म्यान पावर मार्फत वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमाशुल्क भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाएको छ ।

शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने यो व्यवस्था सुचारु गरेको हो । 

बीमालेख जारी गर्न खल्तीको वेबसाईट वा मोबाईल एपबाट  पपुलर गभर्नेन्ट सर्भिसेजमा गई डीओएफई इन्सुरेन्स छानेर DOFE Insurance (Manpower)  वा DOFE Insurance (Individual) रोजेर विवरणहरु भरि जारी गर्न सकिनेछ ।

आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले सुचारु गरेको यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्