
२४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पदाधिकारीमात्रै १४ जना चयन हुने भएका छन् । काँग्रेसको यो विधान नेतृत्व छान्नका लागि पहिलो पटक कार्यान्वयनमा जान लागेको हो । संविधानले व्यवस्था गरेअनुसार काँग्रेसले विधानलाई संघीय संरचनामा लैजाँदा पदाधिकारीको संख्यालाई पनि समावेशी रुपमा राखेको खबर राजधानी दैनिकमा छापिएको छ ।
काँग्रेसको विधानमा उल्लेख भएअनुसार १४ औं महाधिवेशनबाट केन्द्रीय समितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्ष (सभापतिले मनोनयन गर्ने) चयन हुने छन् ।