१९ असार २०८३, शुक्रबार

दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि यी कलाकारविरुद्ध पक्राउ पूर्जी जारी

मंसिर २, २०७८
दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि यी कलाकारविरुद्ध पक्राउ पूर्जी जारी

चर्चित कार्यक्रम बिग बोसमा प्रतिभा देखाएकी कलाकार सपना चौधरीले दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि पक्राउ पूर्जी जारी गरिएको छ ।

भारतको उत्तर प्रदेशस्थित लखनउको अदालतले ‘डान्स’ पनि नदेखाएको र दर्शकको पैसा पनि फिर्ता नगरेको आरोपमा पक्राउ पूर्जी जारी गरेको छ ।

गायक तथा कलाकार सपनाविरुद्ध पक्राउ पूर्जी जारी गर्दै अदालतले आगामी २२ नोभेम्बरमा पेशी तोकेको छ ।

अब सपनालाई पक्राउ गरेर प्रहरीले अदालतमा पेश गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सपनाले आफूविरुद्ध लागेको आरोप खारेज गर्न निवेदन दिएकी थिइन् तर उल्टै उनको निवेदन खारेज भएको छ । सपनाविरुद्ध दर्ता भएको यो मुद्दा ४ वर्ष पुरानो हो तर अहिले पक्राउ पूर्जी जारी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्