२१ असार २०८३, आइतबार

कञ्चनपुरमा बौलाहा कुकुरको टोकाइबाट २ दिनमै ५ जना घाइते

कञ्चनपुरमा बौलाहा कुकुरको टोकाइबाट २ दिनमै ५ जना घाइते
प्रतिकात्मक तस्वीर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट ५ जना घाइते भएका छन् । 

बुधवार राति र बिहीवार बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउँद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन् ।

स्थानीय पदम सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्