×

NMB BANK
NIC ASIA

चोलेन्द्र गएपछि अदालतमा प्रधानन्यायाधीशका लागि नयाँ शुद्ध कुर्सी राख्नुपर्छ- बद्रिबहादुर कार्की

मंसिर ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले चोलेन्द्रशमशेर जबराले सर्वोच्च प्रधानन्यायाधीशको कुर्सी अपवित्र बनाएकोले नयाँ आउने बित्तिकै कुर्सी फेर्नुपर्ने बताएका छन् । आत्मसम्मान भएको वकिलले अहिलेका प्रधानन्यायाधीशलाई सम्माननीय भन्न नसक्ने उनले टिप्पणी गरे । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्नापछि शुक्रवार बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भ्रष्टाचारको फ्याक्ट्री बनेको प्रधानन्यायाधीशले राजीनामा नगरेसम्म बारको आन्दोलन नरोकिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भ्रष्टाचारमा सजाय गर्न बसेको संस्थाको प्रमुख आफैं भ्रष्टाचारको संरक्षण गर्न मिल्छ ? यस्तालाई आत्मसम्मान भएको वकिलले कसरी सम्माननीय भन्न सक्छ ?,’ कार्कीले भने, ‘अनाधिकृत ढंगले बसेका प्रधानन्यायाधीशले छोएको कुर्सी अपवित्र भएको छ । नयाँ आउने प्रधानन्यायाधीशले शुद्ध कुर्सी राख्नुपर्छ, त्यस्तो गन्ध भइसकेको छ ।’


Advertisment
Nabil box
Kumari

५ दशक लामो न्यायिक अभ्यासका क्रममा आफू विगतमा यसरी आन्दोलनमा नआए पनि यसपटक बाध्य भएर आएको बताए । ‘न्यायपालिकाको सुधारमा बाहिरको हस्तक्षेप आवश्यक थिएन भन्ने सोचाइ राख्थेँ, तर जनसँगको कुरा जनयुद्ध र जनआन्दोलन भन्दा पनि कडा रहेछ,’ कार्कीले भने । 

Vianet communication
Laxmi Bank

न्यायालय शुद्धीकरणको आफूहरूको अभियानमा भ्रष्टका भूत प्रेत विभिन्न ठाउँबाट विभिन्न अवतारमा उत्रिने खतरा रहेको कार्कीले बताए । ‘धेरै शक्तिशाली भन्ने नेताको मुद्दामा प्रधानन्यायाधीशले थर्काइरहेका छन्, प्रधानन्यायाधीशले नेतालाई थर्काउन सक्ने, अन्य सर्वसाधारणको मुद्दामा कत्रो आतंक होला ?,’ कार्कीले भने । 

भ्रष्टाचारको फ्याक्ट्री बन्द गर्न सरकार र नेताबाट सम्भव नभएको भन्दै वकिलहरू निर्भीक रुपमा लाग्नु पर्ने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x