
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।
यसका लागि प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।
‘नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको बैठक मङ्सिर १४ गते दिउँसो १ बजेका लागि आह्वान गरिन्छ,’ प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।