२९ जेठ २०८३, शुक्रबार

युवतीलाई साथी बनाएर नग्न तस्बिर पठाउन दवाव दिने २० वर्षीय युवक पक्राउ

युवतीलाई साथी बनाएर नग्न तस्बिर पठाउन दवाव दिने २० वर्षीय युवक पक्राउ


सामाजिक सञ्जाल दुरुपयोग गरेर युवती तथा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौंको भोटेबहाल बस्ने २० वर्षीय लव खड्गी रहेका छन् । उनले सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरूलाई साथी बनाएर विभिन्न डरधम्की दिएर नग्न तस्बिर तथा भिडियो पठाउन लगाएर चरित्र हत्या गरेको उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीको आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्