
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज भेटवार्ता गरेका छन् ।
भेटका क्रममा दुई पक्षीय हितका साथै आपसी चासोका सन्दर्भमा विचार विमर्श भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
आजै लुले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरेका छन् । यसअघि उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका थिए ।