२८ जेठ २०८३, बिहीबार

एमाले सबैको साझा पार्टी : केपी ओली

कात्तिक २०, २०७४
एमाले सबैको साझा पार्टी : केपी ओली


विराटनगर, १० असार - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईका जनताको साझा पार्टीका रुपमा एमाले रहेको बताउनुभएको छ ।kp oli

विराटनगरमा आज साँझ आयोजित बृहत् सभालाई सम्बोधन गर्दै उहाँले आफूलाई मधेसी, आदिवासी, जनजाति र मुस्लिमको विरोधीका रुपमा प्रचार गरिएकाले त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले ऐतिहासिक नगरी विराटनगरको आधुनिकीकरण गर्दै यस नगरमा कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा आवश्यक पूर्वाधार बनाउन र रोजगारको सिर्जना गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा मधेसको विकासका लागि व्यापक रुपमा बजेटको व्यवस्था गरेको स्मरण गराउँदै पूर्व प्रधानमन्त्री ओलीले गरिब परिवारका लागि आवास योजना कार्यक्रम ल्याएको जानकारी गराउनुभयो ।

विराटनगर महानगरपालिकाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमसँग गठबन्धन गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रमुखको पदमा एमाले र उपप्रमुखमा फोरमका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले हिमाल, पहाड र मधेसलाई समृद्ध बनाउन आपूm सरकारमा गएको स्पष्ट पार्नुभयो ।

फोरमका अध्यक्षसमेत रहनुभएका उहाँले एमालेसँग गठबन्धनको सुरुवात भएको र भविष्यमा पनि गठबन्धन जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्