२३ जेठ २०८३, शनिबार

शीर्ष नेता चुनावी दौडधुपमा, हेर्नुस् तस्बिरमा

कात्तिक २०, २०७४
शीर्ष नेता चुनावी दौडधुपमा, हेर्नुस् तस्बिरमा
धनगढी, १० असार — स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन चार दिन बाँकी रहँदा प्रमुख पार्टीका शीर्ष नेताको दौडधुप प्रदेश नं ७ को चुनावीसभामा केन्द्रित भएको छ ।

विभिन्न दलका प्रमुख नेताको आगमनले चुनावी माहोल ह्वात्तै बढेको छ । उम्मेदवार मतदाताकोे घरदैलोमा पुग्ने होडबाजी नै चलेको छ । उम्मेदवारको पक्षमा मत माग्न चुनावीसभा र भेला गर्ने क्रम बढेको छ ।

आ–आफ्नो पार्टीका उम्मेदवार जिताउन दलका प्रमुख नेताहरु लागिपरेका छन् । दलका नेताको चुनावीसभा गाउँपालिकाभन्दा नगरपालिकामा केन्द्रित भएको छ । प्रदेश नं ७ को एक मात्र उपमहानगरपालिका धनगढीको निर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् ।sher bdr

शुक्रबार नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीका तीन ठाउँमा भएका चुनावीसभालाई सम्बोधन गरे । देउवा आज कञ्चनपुरको चुनावीसभा सकेर डोटी पुगेका छन् ।sherbahadur

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुक्रबार धनगढी उपमहानगरपालिकाको फूलबारीमा भएको चुनावीसभालाई सम्बोधन गरे । उनले शुक्रबार नै कञ्चनपुरको विभिन्न चुनावीसभालाई सम्बोधन गरे ।19399561_1509889479068402_3717185231128094712_n (1)kp oli (2)
यस्तै एमाले अध्यक्ष केपी ओली पूर्वमा रहेका छन् ।kp oli


यस्तै नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल कैलालीको चुनावीसभामा सहभागी भएर गृह जिल्ला अछाम पुगेका छन । एमालेकै शीर्ष नेता माधवकुमार नेपाल आज धनगढी पुगेको बताइएको छ ।kamal

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा आज चुनावी सभालाई सम्बोधन गरे ।

salt training

कमेन्ट गर्नुहोस्