३० असार २०८३, मंगलबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलाली आउँदै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलाली आउँदै

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने भएका छन् ।

भजनी नगरपालिका कार्यालयको भवन उद्घाटन र पार्टीका कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधवार बिहान धनगढी आइपुग्ने नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ ।

नियमित उडानबाट बिहान करीब ८ बजे धनगढी विमानस्थल आइपुग्ने प्रचण्ड त्यहाँबाट पूर्वपश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया गाउँपालिका अधिवेशन सहभागी हुने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले जानकारी दिए ।

गाउँपालिका अधिवेशनको उद्घाटन गरेर उनी धनगढी आउनेछन् । धनगढीमा प्रचण्डले माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने र बुधवार साँझ नै काठमाडौं फर्कने जिल्ला अध्यक्ष सोडारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्