२१ असार २०८३, आइतबार

कोभिडविरुद्ध खोपको प्रमाणपत्र पारस्परिक मान्यताका लागि नेपाल-भारतबीच सम्झाैता

कोभिडविरुद्ध खोपको प्रमाणपत्र पारस्परिक मान्यताका लागि नेपाल-भारतबीच सम्झाैता

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरे । 

यससँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएकाहरूले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाविरुद्धको खोप लगाएकाहरूले पनि नेपालमा मान्यता पाउने भएका छन् । 

यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आई काम गर्ने कामदार र नेपालबाट भारत गई काम गर्नेहरूलाई सहज भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्