
महानगरीय प्रहरी परिसर ललितपुरमा स्मार्ट पुलिस कन्ट्रोल रुम बनाइएको छ ।
नवनिर्मित कन्ट्रोल रुमको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले उद्घाटन गरे ।

सो अवसरमा सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई प्रशंसापत्रसमेत प्रदान गरे ।
महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रहरी परिचालनको प्रकृया समेत कम्प्युटरमा अभिलेखीकृत हुने गरी उक्त कन्ट्रोल रुम निर्माण गरिएको परिसरले जनाएको छ ।