
नेकपा (एमाले)का नेता रघुवीर महासेठले उम्मेदवारी घोषणा गर्नेहरूले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरेका छन् ।
मंगलवार नेकपा(एमाले)को स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रजातान्त्रिक विधिमा सहमति भनेको पनि ठूलो प्रक्रिया भएको बताए ।
‘हामी सहमतिकै आधारमा आउने महाधिवेशनमा नेतृत्वको चयन होस् भनेर बहुसंख्यक ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू सहमतिको पक्षमा हुनुहुन्छ,’ उनले भने ।
केही नेताहरूले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको नेता महासेठको टिप्पणी छ ।