
पाकिस्तानको बन्दरगाह शहर ग्वादरमा स्थानीयहरूले विरोध प्रदर्शन गर्न थालेका छन् ।
चीन पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गत बेइजिङले ग्वादर बन्दरगाह निर्माण गरिरहेको हो ।
ग्वादर बन्दरगाह बनेको भए पनि शहरमा मानिसहरू बेरोजगार रहेको मौलाना हिदायत उर रहमानले बताए । उनी ग्वादर अधिकार अभियानका प्रमुख हुन् ।
उनले भने, ‘हामीसँग विद्युत् वा ऊर्जा छैन । अनेकौं सुरक्षा चेकपोइन्टमा हामीलाई घरिघरि रोक्दा अपमान अनुभव गर्छौं ।’
स्थानीय माछा मार्नेहरूले चिनियाँ जहाजलाई इस्लामाबादले माछा मार्ने अनुमति दिएकाले आफूहरू बेरोजगार बनेको गुनासो गरेका छन् ।
विगत एक हप्तादेखि चलिरहेको विरोध प्रदर्शन ग्वादर तथा अन्य क्षेत्रमा चीनको उपस्थितिका कारण असन्तुष्टि बढिरहेको छ ।
ग्वादरलाई सीपीईसीको सबभन्दा महत्त्वपूर्ण परियोजना मानिएको छ तर त्यसक्रममा ग्वादर शहर सेक्युरिटी स्टेट बनेको छ ।
अधिकारीहरूले बन्दरगाह तथा त्यससँग जोडिएका अन्य कुराको सुरक्षाका लागि कटिबद्ध छन् । त्यहाँ घरमा भएका मानिसको कल्याणको चिन्ता उनीहरूले लिएका छैनन् ।
सुरक्षाबलहरूले स्थानीयलाई हिँडडुल गर्न अनेकौं बन्देज लगाएका छन् । आफ्नो भूमिमा आफैं अपरिचित जस्तो अनुभव गर्नुपरेको स्थानीयहरू बताउँछन् ।
बढिरहेको सामाजिक अशान्ति र चिनियाँविरोधी भावनाले बलोच लडाकू समूहहरूलाई उत्साहित पारिरहेको छ । उनीहरूले सीपीईसी परियोजनामाथि आतंकवादी आक्रमण गरिरहेका छन् ।