२९ जेठ २०८३, शुक्रबार

अजयबाबु शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्य उठ्ने घोषणा

अजयबाबु शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्य उठ्ने घोषणा

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज पत्रकार सम्मेलन गरी उनले आफू पूर्णरूपमा राजनीतिको मूलधारमा सक्रिय हुन पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको जानकारी गराए । कांग्रेसको पूर्णकालीन राजनीतिमा प्रवेश गरेसँगै आगामी दिनमा आफू कार्यरत मिडियाको सम्पादकीय नेतृत्वबाट अलग भएको र युनियनको राजनीतिमा समेत नफर्कने उनको भनाइ थियो ।

कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उनी दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्