१८ असार २०८३, बिहीबार

अर्घाखाँची कांग्रेसको सभापतिमा केशव श्रेष्ठ विजयी

अर्घाखाँची कांग्रेसको सभापतिमा केशव श्रेष्ठ विजयी

नेपाली कांग्रेस अर्घाखाँचीको सभापति पदमा केशव श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा यादवप्रसाद घिमिरेले सबैभन्दा कम मत प्राप्त गरेका छन् ।

घिमिरेलाई कांग्रेस नेत्री पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले अगाडि सारेका थिए । नेपाली कांग्रेस अर्घाखाँचीको १४औं अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेललाई पराजित गर्दै केशव श्रेष्ठ सभापति पदमा विजयी भएका हुन् ।

केशव श्रेष्ठले ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरेका छन् भने यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । गणनामा २७ मत बदर भएको छ ।

मंगलवार राति सम्पन्न निर्वाचनमा कूल १ हजार ४३८ मतदातामध्ये १ हजार ४२१ मत खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्