२४ जेठ २०८३, आइतबार

ओलीलाई सूर्य चिह्नको धाक नलगाउन माधव नेपालको चेतावनी

ओलीलाई सूर्य चिह्नको धाक नलगाउन माधव नेपालको चेतावनी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिह्नको धाक नलगाउन चेतावनी दिएका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका हुन् । 

बुधवार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेको दाबीसमेत गरे । 

अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही मंसिर १५ गतेदेखि सो चिन्हको स्टिकर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान सञ्चालन गर्ने घोषणासमेत गरे । 

उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए । 

अध्यक्ष नेपालले प्रदेश २ को नामकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त हुने धारणासमेत राखे । उनले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भन्ने स्थानीय सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा इन्कार गर्दै त्यस सम्बन्धमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्