०२ साउन २०८३, शनिबार

कांग्रेस प्रदेश १ अधिवेशनमा १ करोड खर्च लाग्ने

कांग्रेस प्रदेश १ अधिवेशनमा १ करोड खर्च लाग्ने

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोड बढि खर्च लाग्ने भएको छ  ।

१६ गते हुने अधिवेशनका लागि १ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको नेपाली कांग्रेस प्रदेश १ प्रचार प्रसार समितिले आज पत्रकार सम्मेलनमा आयोजना गरेर जानकारी दिएको छ ।

 १७ सय प्रतिनिधि सहभागि हुने कार्यक्रममा उद्घाटन नेता कृष्ण प्रसाद सिटौलाले गर्ने प्रचार प्रसार समितिका संयोजक राजिव कोइरालाले बताए ।

विराटनगरमा हने अधिवेशनको खुल्ला सत्रमा २ हजार कार्यकर्ता उतार्ने उनले बताए । 

अधिवेशन आयोजक समिति प्रदेश १ का सयोजक सिटौलाको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ ।

मोरङका सभापति डिक बहादुर लिम्बुको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समिति प्रदेशका संसदीय दलका नेता समेत रहेका सुनसरीका सभापति राजीब कोइरालाको संयोजकत्वमा प्रचार प्रसार समिति समेत गठन गरिएको छ ।

आर्थिक ब्यबस्थापन समितिका संयोजक समेत रहेका सभापति लिम्बुले प्रतिनिधिबाट ३५ लाख जति उठ्ने र थप रकम के गर्ने भनेर छलफल गर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्