पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समाज रूपान्तरणको मुख्य आधार सहकारी रहेको बताएका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा आज यहाँ आयोजित चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम रहेको बताएका हुन् ।
उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पूँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक रहको बताउनुभयो । पछिल्लो समय सहकारीमा विकृति, विसङ्गति भित्रिएको भन्दै निराकरणका लागि राज्य चनाखो हुनुपर्ने पनि उनले जोड दिए । “सहकारीलाई जिम्मेवार बनाउन सङ्घको भूमिका प्रभावकारी हुनुपर्छ”, उनले भने, “सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनको आवश्यक छ ।”
कार्यक्रममा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताइन् । सहकारी क्षेत्रले निक्षेप पनि बढी लिएर कर्जा पनि बढी लिएको भन्दै मन्त्री भुसालले अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन आवश्यक भएको उनको सुझाव थियो । कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि बर्सेनि दुई खर्बभन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुःखद् भएको मन्त्री भुसालको भनाइ थियो ।
सोही क्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताए । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएकोमा जोड दिए ।
हाल ३० हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको रहेको उनले जानकारी दिए। ठूलो हिस्सा बचतमै भएकाले अब उत्पादनमा जोड दिने गरी सहकारीले लगानी गर्नुपर्ने अध्यक्ष कँडेलकोे भनाइ थियो ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...