जेठ १३, २०७९
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।
कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचयबाहेक अन्य सामग्रीहरू सार्वजनिक गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।
महाधिवेशन प्रतिनिधिले सर्वसम्मत चयन गर्न नसकेको अवस्था आयोगको तर्फबाट निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा भएको सुब्बाले बताए । आयोगले बिहीबारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्दै छ ।
एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह १० मंसिरमा चितवनको नारायणी नदीको किनारमा हुँदै छ । महाधिवेशनको बन्दसत्र सौराहको सेभेन स्टार होटलमा ११ र १२ मंसिरमा हुँदै छ ।
निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार ११ मंसिरमा उम्मेदवारी दर्ता र सोही दिन फिर्ता लिने कार्यक्रम रहेको छ ११ मंसिर बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने १२ मंसिरमा मतदान सुरु हुनेछ ।
१ सयवटा भोटिङ मेसिनको व्यवस्था
आयोगले १ सय वटा विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन)बाट मतदान गराउने तयारी पूरा गरेको छ । आयोगले ९२ वटा मेसिनहरू निर्वाचनका लागि प्रयोग गर्ने जनाएको छ । तीनवटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिनेछ । ती मेसिनहरू मतदान कसरी गर्ने भन्ने’boutमा प्रतिनिधिलाई सिकाउनका लागि राखिनेछ । पाँचवटा मेसिनहरू जगेडामा राखिनेछ । मतदानका क्रममा कुनै मेसिनमा गडबडी आएमा जगेडाका मेसिनहरू प्रयोग गरिने सुब्बाले बताए ।
एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ । एउटा मेसिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको करिब २ घण्टाभित्र नतिजासमेत सार्वजनिक गर्ने तयारी आयोगको छ । प्रत्येक मेसिनबाट अलगअलग मतगणना गर्ने भएको हुँदा त्यति समय लाग्ने आयोगको जनाएको छ ।
५० क्षेत्रमा निर्वाचन हुने
एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन हुन्छ । १५ जना पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् ।
प्रतिनिधिलाई उम्मेदवारको जानकारी
निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्न सहज बनाउन ११ मंसिरमा राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउनेछ । १२ मंसिरमा बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशितप्रति प्रतिनिधिको हातहातमा पु¥याइसकिने आयोगको योजना छ । मतदान गर्न सजिलोका लागि प्रतिनिधिलाई प्रकाशितप्रति साथै लान छुट दिइएको छ ।
मतदान गर्ने तरिका
निर्वाचन आयोगले प्रतिनिधिलाई मतदान गर्न सहज बनाएको छ । विद्युतीय मतदान मेसिनमा उम्मेदवारको विवरण हुन्छ । रोजेको विवरणको रातो स्वस्तिक चिह्नमा औंलाले थिच्नेबित्तिकै मतदान हुन्छ । भुलवश गलत ठाउँमा थिचिएको भए पुनः त्यहीँ स्वस्तिकमा थिचेर सच्याउन सकिन्छ ।
निर्वाचनका क्रममा तोकिएको संख्याभन्दा बढी मतदान गर्न मिल्दैन । कम संख्यामा भने मतदान गर्न पाइन्छ ।
बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन
एमाले स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटी गठन गरेको छ ।
११ सदस्यीय अध्यक्ष मण्डलमा केपी शर्मा ओली, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र केन्द्रीय सदस्य लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।
त्यस्तै, बैठकले सात सदस्यीय माइन्युट कमिटी गठन गरेको छ । सो कमिटीमा सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरू सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् । बैठकले मनोनीत गरिने ५ प्रतिशत प्रतिनिधिको पनि टुंगो लगाएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुँदै छ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...