
बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान इन्टनेटमा चर्चित छन् ।
सामाजिक सञ्जालहरूमा उनको धेरै फ्यान फलोअर्स रहेका छन् । सुहानाको धेरै जसो पोस्ट तथा फोटोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको हुन्छ ।
सुहाना लामो समयदेखि न्युयोर्कमा अध्ययनरत छिन् । अब भने उनले न्युयोर्क छाड्ने संकेत गरेकी छन् ।
सुहानाले आफ्नो इन्स्टाग्राममा एउटा गुडिरहेको ट्रकको ब्लाक एण्ड ह्वाइट फोटो शेयर गरेकी छन् ।
ट्रकमा लेखिएको छ, चिन्ता नगर्नुहोस् । न्यूयोर्क छाडेर पनि सधैं न्युयोर्कबासी नै रहनुहुनेछ ।’
सो तस्वीरको क्याप्सनमा सुहानाले केही लेखेकी छैनन्, केवल एक इमोजी राखेकी छन् । इमोजीको अर्थ–मुटु टुक्रिनु भन्ने छ ।