
कंगना रनवात र विवाद एकअर्काका पर्यायवाची हुन् ।
आफूलाई लागेको कुरा नडराइकन बोल्न सक्ने उनको खुबीका कारण बारम्बार विवादहरू उठिरहेका हुन्छन् ।
केही दिनअघि उनले कृषि कानून फिर्ता लिइएपछि सिख समुदायलाई खालिस्तानी आतंकवादी भनेकी थिइन् । त्यो बयानका विरुद्ध सिख समुदायले कंगानमाथि एफआईआर दर्ता गराएको हो ।
उक्त एफआईआरका विषयमा कंगना आफ्नै शैलीमा कठोर प्रतिक्रिया दिएकी छन् ।
आफ्नो इन्स्टाग्राम स्टोरीजमा उनले थाईमा स्लिट गरिएको सेक्सी स्कर्ट लगाएर एक हातमा वाइन लिँदै यस्तो क्याप्सन लेखिन्, ‘नयाँ दिन, नयाँ एफआईआर । उनीहरू मलाई पक्राउ गर्न आए भने । घरमा मेरो मूड ।’