०८ साउन २०८३, शुक्रबार

आफ्नो अनुकरण गरी अपमान गरेको भन्दै छालाको कोटमा किमले लगाए प्रतिबन्ध

मंसिर ९, २०७८
आफ्नो अनुकरण गरी अपमान गरेको भन्दै छालाको कोटमा किमले लगाए प्रतिबन्ध

उत्तर कोरियाले जनतालाई छालाको लामो कोट लगाउन प्रतिबन्ध लगाएको छ । किम जोङ उनको प्रिय पहिरन अरूले लगाएर अपमान नगरून् भनी प्रतिबन्ध लगाइएको हो । 

सन् २०१९ मा किमले लेदर कोट लगाएपछि उत्तर कोरियाका सम्भ्रान्तहरूले त्यस्तै कोट लगाउन थालेका थिए । उनीहरूले सक्कली छालाको कोट लगाएका थिए । 

तर त्यसैको सिको गर्दै अरूले पनि सस्तो नक्कली कोट लगाउन थालेपछि प्रहरी खटाएर त्यस्तो कोट बेच्न रोकिएको छ । किमको पहिरनलाई मानिसहरूले सस्तो सामान किनेर अपमान गरेको अनि उनको शक्तिको अवमूल्यन गरेको निष्कर्ष सरकारले निकालेको हो । 

नक्कली छालाको कोट गत सेप्टेम्बर महिनादेखि बेच्न थालिएको थियो । कोभिडका कारण लगाइएको प्रतिबन्ध खुकुलो बनाइएपश्चात् चीन र उत्तर कोरियाको सीमा खोलिएपछि कोटहरू उत्तरको बजारमा कोट भेटिन थालेको हो । 

व्यापारीहरूले सिन्थेटिक लेदरबाट कोट बनाएर बेच्न थालेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्