१३ असार २०८३, शनिबार

दंगलले कमायो २ सय करोड, तर सकेन सलमानको यो रेकर्ड तोड्न

कात्तिक २०, २०७४
दंगलले कमायो २ सय करोड, तर सकेन सलमानको यो रेकर्ड तोड्न
काठमाडौं, १६ पुस–आमिर खानको फिल्म दंगलले ८ औं दिनसम्म आइपुग्दा २ सय करोड रुपैयाँको क्लवमा स्थान बनाएको छ ।

ट्रेड विश्लेषक तरुण आदर्शको ट्वीटका अनुसार शुक्रबार फिल्मले भारतीय बक्स अफिसमा १८.५९ करोडा रुपैयाको कलेक्सन गरेको छ । यसका साथै फिल्मको अहिलेसम्मको कमाइ २१६ करोड रुपैयाँ भएको छ ।

दंगल सवैभन्दा चाढो २ सय करोडको कमाइमा पुग्ने दोस्रो फिल्म समेत बनेको छ । यस फिल्ममा सलमान खानको सुल्तान शीर्ष स्थानमा रहेको छ । जसले ७ दिनमा २०० करोड कमाइ गरेको थियो ।

दंगलले ८ दिनमा कयौं फिल्मको लाइफटाइम कलेक्सनलाई पछि पारेको छ । दंगलले पहिलो दुई दिनमा ५० करोड कमाएको थियो भने तीन दिनमा १०० करोडको व्यापार गरेको थियो ।

पाँच दिनमा १५० करोड व्यापार गरेको आमिरको दंगलले आठौं दिनमा आइपुग्दा २ सय करोडको व्यपार गरेको हो ।

कमेन्ट गर्नुहोस्