२८ जेठ २०८३, बिहीबार
एमाले महाधिवेशन

नेताहरूलाई ओलीको आग्रह : फेरि पनि पालो आउँछ, अस्वस्थ प्रतिस्पर्धा नगरौं

मंसिर ११, २०७८
नेताहरूलाई ओलीको आग्रह : फेरि पनि पालो आउँछ, अस्वस्थ प्रतिस्पर्धा नगरौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अहित हुने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न नेताहरूलाई आग्रह गरेका छन् ।

ओलीले फेरि पनि पालो आउने भन्दै हतारोका साथ प्रतिस्पर्धा नगर्न आग्रह गरे । 

एमाले दशौं महाधिवेशनको बन्दसत्रलाई शनिवार चितवनको सौराहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले महाधिवेशनलाई देशले हेरिरहेकाले परिपक्वता देखाउनुपर्ने बताए ।

‘कसै न कसैले जिम्मेवारी सम्हाल्नुपर्छ, पार्टीको एकता खदिलो पार्ने कुरामा प्रतिकूल प्रभाव गर्ने काम नगरौं । फेरि पनि पालो आउँछ । अहिले नभए अर्को समय आउला, हतारोका साथ प्रतिस्पर्धा नगरौं,’ ओलीले भने । 

ओलीले सरदरभन्दा बढी भूमिका एमालेले गर्नुपर्ने भन्दै पार्टीको आचरण शुद्ध हुनुपर्ने बताए । ‘हामी कस्तो अभ्यास गर्छाैं, सम्मेलन कसरी गर्छाैं ? अधिवेशन महाधिवेशन कसरी गर्छाैं । कुन प्रकारको परिपक्वता छ, भोटो मात्र फटायो कि ज्ञान बढ्यो ? सरदर हौं कि देशलाई अगुवाइ गर्ने शक्ति ? हरेक व्यक्तिको आचरणको योग पार्टी भएकाले हामी देशको नेतृत्व गर्ने शक्ति बन्नुपर्छ,’ ओलीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्