०५ साउन २०८३, मंगलबार
एमाले महाधिवेशन

बन्दसत्रमा विष्णु पौडेलले पेश गरे पदाधिकारीको संख्या बढाउने विधान संशोधन प्रस्ताव

बन्दसत्रमा विष्णु पौडेलले पेश गरे पदाधिकारीको संख्या बढाउने विधान संशोधन प्रस्ताव

नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत जारी बन्दशत्रमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव पेश गरेको छ ।

विघटित केन्द्रीय कमिटीका उपमहासचिव एवं विधान महाधिवेशनका लागि गठन भएको विधान संशोधन मस्यौदा समितिका संयोजक विष्णु पौडेलले शनिवार साझ विधान संशोधनको प्रस्ताव पेश गरेका हुन् । 

प्रस्तावमा उपाध्यक्षको संख्या बढाएर ६ पुर्याउन प्रस्ताव गरिएको छ । यस्तै उपमहासचिवको संख्या ३ बनाउन प्रस्ताव गरिएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले एक वरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष तथा उपमहासचिव एकजना मात्र राख्ने प्रस्ताव गरेको थियो । 

शुक्रवार मध्यरातमा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले सहमतिको प्रयासका लागि भन्दै केन्द्रीय कमिटी सदस्यको संख्या बढाउन प्रस्ताव लैजाने निर्णय गरेको थियो । 

विधान संशोधन प्रस्तावमा ४५ सदस्यीय स्थायी कमिटी सदस्य र ९९ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव गरिएको छ । महाधिवेशनको बन्दशत्र संचालनका लागि केपी ओलीसहितको अध्यक्ष मण्डल बनाइएको छ । 

अध्यक्ष मण्डलमा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, इश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्