३१ असार २०८३, बुधबार

कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

मंसिर १२, २०७८
कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

नेपाली कांग्रेसको कास्की जिल्ला कार्यसमितिको सभापति पदमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।

पहिलो चरणमा कुनै उम्मेदवारले पनि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको थियो । दोस्रो चरणको चुनावमा प्रतिस्पर्धी सुदीपमोहन भट्टराईलाई हराउँदै बराल विजयी भएका छन् ।

चुनावमा १ हजार ९२६ मत खसेकोमा बरालले ९९५ र भट्टराईले ९१५ मत पाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्