२१ जेठ २०८३, बिहीबार

कुटपिटबाट घाइते भएका भण्डारीको उपचारका क्रममा मृत्यु

मंसिर १२, २०७८
कुटपिटबाट घाइते भएका भण्डारीको उपचारका क्रममा मृत्यु

बझाङको जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ ।

स्थानीय दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ ।  

घाइते भण्डारीलाई शनिवार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्