
काठमाडौंमा जिउँदो सुनाैलो रङको कछुवा सहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१३, सोल्टीदोबाटोबाट ठोटरी जातको कछुवासहित बालाजुका ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ सुधेकुना नगरपालिका–१० घर भई माछापोखरी बस्ने २२ वर्षीय प्रकाश खाती, दोलखा गौरीशंकर गाउँपालिका–८ घर भई बूढानीलकण्ठ बस्ने ३३ वर्षीय राजकुमार तामाङ र तनहुँ भानु नगरपालिका–३ घर भई रानीबारी बस्ने ४२ वर्षीय हरि परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानपछि कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार, काठमाडौं पठाइने प्रहरीको भनाइ छ ।
सुन कछुवा एकदमै दुर्लभ मानिन्छ ।