२८ जेठ २०८३, बिहीबार

रुसले शुरू गर्‍यो हाइपरसोनिक क्षेप्यास्त्र उत्पादन (भिडियो)

मंसिर १२, २०७८
रुसले शुरू गर्‍यो हाइपरसोनिक क्षेप्यास्त्र उत्पादन (भिडियो)

पश्चिमसँग तनाव बढिरहेको बेलामा रुसले ६ हजार ६७० माइल प्रतिघन्टाको गति भएको जिर्कोन हाइपरसोनिक क्षेप्यास्त्रको उत्पादन गर्न थालेको घोषणा गरेको छ । 

कसैले रोक्न नसक्ने यो क्षेप्यास्त्रलाई परीक्षण पूरा नहुँदै उत्पादनका लागि हतारो गरिएको छ । 

मस्को नजिक र्‍युतोभोमा रहेको गोप्य स्थानमा क्षेप्यास्त्र निर्माण गरिँदैछ । 

केही समयअघि रुसले ध्वनिको गतिभन्दा नौ गुणा बढी उड्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । त्यसले पश्चिमका सबै प्रतिरक्षालाई छल्न सक्ने रुसको दाबी छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को वर्ष रुसको जलसेनाले प्रयोग गर्ने गरी क्षेप्यास्त्र तैनाथ गर्न आदेश दिएका छन् । यो संसारकै अद्वितीय क्षेप्यास्त्र भएको उनको भनाइ छ । 

गत नोभेम्बर १८ मा रुसले एउटा फ्रिगेट जहाजबाट हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्