२१ जेठ २०८३, बिहीबार

न्युजील्यान्ड : साइकल चढेर अस्पताल गइन् गर्भवती सांसद, आमा र बच्चा दुवै सुरक्षित

मंसिर १२, २०७८
न्युजील्यान्ड : साइकल चढेर अस्पताल गइन् गर्भवती सांसद, आमा र बच्चा दुवै सुरक्षित

न्युजील्यान्डकी सांसद जुली यान गेन्टर आइतवार बिहानै साइकल चढेर अस्पताल पुगेकी छन् । 

सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल गएकी उनले त्यहाँ पुगेको एक घन्टामा बच्चा जन्माएकी हुन् ।

‘ठूलो खबर !’ ग्रीन्स पार्टीकी नेत्रीले फेसबूक पोस्टमा लेखिन् । ‘आज बिहान ३ बजेर ४ मिनेट जाँदा हामीले परिवारको सबभन्दा नयाँ सदस्यलाई भित्र्यायौं । म सुत्केरी व्यथाले च्यापेको बेलामा साइकल चढेर जान खोजेकी त थिइनँ तर त्यसै हुन पुग्यो ।’

न्युजल्यान्ड सरल राजनीतिकर्मीहरूका लागि प्रसिद्ध छ । प्रधानमन्त्री जासिन्दा आर्डर्नले पदमा हुँदै सुत्केरी बिदा लिएकी थिइन् । उनले दूध पिउने तीन महिनाको बच्चा लिएरै संयुक्त राष्ट्रसंघको एक बैठकमा भाग लिएकी थिइन् । 

गेन्टर पहिलो सन्तान जन्माउँदा पनि साइकल चढेरै अस्पताल गएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्