३० असार २०८३, मंगलबार
एमाले महाधिवेशन

एमालेमा वरिष्ठ उपाध्यक्ष छान्न सकस- ओलीसँग भेटेर फर्किए पोखरेल, नेम्वाङले छाडेनन् दाबी

मंसिर १२, २०७८
एमालेमा वरिष्ठ उपाध्यक्ष छान्न सकस- ओलीसँग भेटेर फर्किए पोखरेल, नेम्वाङले छाडेनन् दाबी

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षका प्रत्यासी दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् । 

ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेपछि सुवास नेम्वाङले असन्तुष्टि जनाएका छन् । 

नेम्वाङले आफ्नो असन्तुष्टि ओली समक्ष पुर्‍याएका छन् । ओलीले भविष्यमा राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिएका थिए । तर, नेम्वाङले वरिष्ठ उपाध्यक्षबाहेक अरूमा सहमत नहुने सन्देश पठाएका हुन् । 

‘उपाध्यक्षमा बस्न प्रस्ताव आएको थियो, तर उहाँले सोच विचार गरेरै वरिष्ठ उपाध्यक्षमा दाबी गर्नु भएको हो,’ नेम्वाङ निकट एक नेताले भने, ‘वरिष्ठ उपाध्यक्ष भन्दा तल राख्ने भए कमिटीमा नराख्न सन्देश पठाउनु भएको छ ।’ 

विगतमा संविधान सभा अध्यक्ष, सभामुख बनिसकेको र अहिले पनि संसदीय दलको उपनेता रहेकोले आफू वरिष्ठ उपाध्यक्ष भन्दा तलको पदमा नबस्ने नेम्वाङले बताएका छन् ।  

बन्दसत्र चल्न ढिलो भइरहेको समयमा ईश्वर पोखरेलले आइतवार दिउँसो ओलीसँग भेटवार्ता गरेका थिए । तर उनले पदाधिकारीमा दाबीबारे केही बोलेनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्