२१ जेठ २०८३, बिहीबार

वकिलको बिहे, कार्डमा लेखियो – विवाह कानून र संविधानको धारा, न्यायका लागि तराजुको तस्वीर पनि

मंसिर १२, २०७८
वकिलको बिहे, कार्डमा लेखियो – विवाह कानून  र संविधानको धारा, न्यायका लागि तराजुको तस्वीर पनि

सामाजिक सञ्जालमा अहिले एक तस्वीर भाइरल भइरहेको छ । 

तस्वीर विवाहको निमन्त्रणा कार्ड हो । एक वकिलले आफ्नो बिहेमा उपस्थितिका लागि निमन्त्रणा गरिएको सो कार्ड निकै नै रोचक छ ।

वलिकले सो निमन्त्रणा कार्डमा न्याय अंकित तराजुको तस्वीर त छपाएका छन् नै, संविधानको धारा र नियमावली पनि उल्लेख गरेका छन् । 

यो घटना भारतको असम प्रदेशस्थित गुवाहटीको हो । 

त्यहाँको एक वकिल अजय शर्माले आफ्नो विवाहको निमन्त्रणा कार्डमा समानताको प्रतिनिधित्व गर्नका लागि न्यायको तराजुमा एकापट्टी आफ्नो र अर्कापट्टी हुनेवाला दुलहीको नाम लेखाएका छन् । 

कार्डमा भारतीय विवाहको नियन्त्रित गर्नेवाला कानून र अधिकारको समेत उल्लेख गरिएको छ । 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्