११ साउन २०८३, सोमबार

ओलीसँग ईश्वर पोखरेलले भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

मंसिर १२, २०७८
ओलीसँग ईश्वर पोखरेलले भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् । 

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् । 

‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् । 

ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेपछि सुवास नेम्वाङले असन्तुष्टि जनाएका छन् । 

नेम्वाङले पनि आफ्नो असन्तुष्टि ओली समक्ष पुर्‍याएका छन् । ओलीले भविष्यमा राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिएका थिए । तर, नेम्वाङले वरिष्ठ उपाध्यक्षबाहेक अरूमा सहमत नहुने सन्देश पठाएका हुन् । 

विगतमा संविधान सभा अध्यक्ष, सभामुख बनिसकेको र अहिले पनि संसदीय दलको उपनेता रहेकोले आफू वरिष्ठ उपाध्यक्ष भन्दा तलको पदमा नबस्ने नेम्वाङले बताएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्