०६ साउन २०८३, बुधबार

ओलीलाई भेट्न फेरि पार्क सफारी पुगे ईश्वर पोखरेल

मंसिर १२, २०७८
ओलीलाई भेट्न फेरि पार्क सफारी पुगे ईश्वर पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेल अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्क सफारी होटल पुगेका छन् । 

यसअघि भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज हुनुपर्ने माग गरेका थिए । 

त्यही पदमा दाबी गरेका सुवास नेम्वाङले पनि असन्तुष्टि जनाएका छन् । 

वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन नसक्दा बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ । बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म शुरू हुन सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्