२६ असार २०८३, शुक्रबार

सुदूरपश्चिममा नौ जना कोरोनाबाट मुक्त

मंसिर १२, २०७८
सुदूरपश्चिममा नौ जना कोरोनाबाट मुक्त

सुदूरपश्चिम प्रदेशमा आज थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४६५  जनाको नमूना परीक्षण गरिएको थियो । 

स्वास्थ्य निर्देशनालयका अनुसार महाकाली अस्पतालमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर नौ जना कोरोनाबाट मुक्त भएका छन् । उक्त अवधिमा प्रदेशमा  सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन् । 

यसअघि शनिबार प्रदेशमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म १०९ जनाको ज्यान गइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्