२५ असार २०८३, बिहीबार

सर्लाहीमा एकै परिवारका तीन जना मृत भेटिए

मंसिर १२, २०७८
सर्लाहीमा एकै परिवारका तीन जना मृत भेटिए

सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको छ । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्