२७ जेठ २०८३, बुधबार
एमाले महाधिवेशन

एमाले महाधिवेशन–नेतृत्व चयनका लागि भोलि मतदान हुने, निर्वाचन कार्यतालिका सार्वजनिक

एमाले महाधिवेशन–नेतृत्व चयनका लागि भोलि मतदान हुने, निर्वाचन कार्यतालिका सार्वजनिक

सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केही पदमा निर्वाचन हुने भएको छ ।

सोमवार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका प्रमुख डा. बिजय सुब्बाले आजै राति उम्मेदवारको मनोनयन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको लोकान्तरलाई जानकारी दिए ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले तयार गरेको सूचीमा भीम रावलले आपत्ति जनाएपछि नेतृत्व चयनका लागि निर्वाचन हुने भएको हो ।

कुन–कुन पदमा निर्वाचन हुन्छ भन्नेबारे यकिन नभएपनि वरिष्ठ उपाध्यक्षमा समेत निर्वाचनको सम्भावना बढेको एमाले नेताहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्