२८ जेठ २०८३, बिहीबार
एमाले महाधिवेशन

अध्यक्षमा उम्मेदवारी दिँदैछु, मतदान गोप्य हुनुपर्छ– भीम रावल

अध्यक्षमा उम्मेदवारी दिँदैछु, मतदान गोप्य हुनुपर्छ– भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

दरखास्त फारम भरिसकेको र निर्वाचन आयोगले तोकेको समयमा बुझाउने उनले बताए ।

एमालेको बन्दसत्र चलिरहेको सौराहामा पत्रकारहरुसँग कुरा गर्दै रावलले अध्यक्षमा लड्ने बताएका हुन् ।

उनले केपी ओलीले पदाधिकारीमा सहमतिको सूची बनाएको भन्नेबारे आफूलाई थाहा नभएको बताए । 

‘हात उठाएर निर्वाचन गर्ने जस्तो अलोकतान्त्रिक कुरा स्वीकार्य छैन, गोप्य मतदान हुनुपर्छ । कसैको प्रलोभन बिनाको मतदान हुनुपर्छ,’ रावलले भने ।

एमालेको निर्वाचन आयोगले राति साढे १२ बजेसम्म उम्मेदवारी मनोनयनको समय दिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्