
नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र आइतवार मध्यरातमा शुरू भएको छ ।
अध्यक्ष मण्डलको बैठक सकिएपछि राति साढे १२ बजे बन्दसत्र शुरू भएको हो ।
बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारको सूची प्रस्ताव गर्ने तयारी गरेका छन् ।
भीम रावलले भने ओलीको प्रस्तावमा असहमति जनाउँदै अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।