२६ जेठ २०८३, मंगलबार

शेरबहादुर–उषाकला, रघुवीर–जुलीकुमारी दम्पत्ति केन्द्रीय सदस्य

शेरबहादुर–उषाकला, रघुवीर–जुलीकुमारी दम्पत्ति केन्द्रीय सदस्य
फाइल तस्वीर

नेकपा एमालेको केन्द्रीय सदस्यमा केही दम्पत्ति परेका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले आइतवार मध्यरातमा केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् । 

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ खुल्लातर्फबाट उम्मेदवार बनेका छन् । उषाकला राई प्रदेश १ को भूगोलबाट महिलातर्फ सदस्य बनेकी हुन् । तामाङ र राई दम्पत्ति हुन् । 

यस्तै रघुवीर महासेठ खुलातर्फ केन्द्रीय सदस्य बनेका छन भने जुली महतो प्रदेश २ को महिला कोटामा केन्द्रीय सदस्य बनेकी छन् । महासेठ र महतो पनि दम्पत्ति हुन् । 

पदाधिकारीको सूची भने अहिले सम्म सार्वजनिक गरिएको छैन । आइतवार मध्यराती साढे १ बजेसम्म बन्दशत्र चलिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्