२४ असार २०८३, बुधबार
एमाले महाधिवेशन

बन्दसत्रमा सम्बोधन गर्दैगर्दा भीम रावलविरुद्ध नाराबाजी

बन्दसत्रमा सम्बोधन गर्दैगर्दा भीम रावलविरुद्ध नाराबाजी

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले बन्दसत्रमा सम्वोधन गर्दैगर्दा कार्यकर्ताले नाराबाजी गरेका छन् ।

आइतवार राति पौने २ बजेको समयमा रावलले सम्वोधन गरेका थिए । सहमतिको बाधक बनेको भन्दै महाधिवेशनमा सहभागि प्रतिनिधिले रावलविरुद्ध नाराबाजी गरेका हुन् ।

‘प्रक्रियाको कुरा गरेर विपक्षीलाई हँसाउन खोजेको होइन, अधिवेशनका सार्वभौम प्रतिनिधिले चुन्ने र चुनिने अधिकार राख्छौँ । लोकप्रियता परिक्षण गर्न नपाउने प्रणालीमा मेरो सहमति छैन । अध्यक्षको उम्मेदवारको रुपमा जान्छु’ रावलले भनेका थिए । 

रावल बोल्दै गर्दा प्रतिनिधिले बन्दसत्रको हलभित्र नाराबाजी गरेका हुन् । उनीहरुले रावल एक्लैको लागि चुनाव गर्न नसकिने बताएका छन् । 

त्यसअघि बन्दसत्रमा केपी आलीले ३०१ केन्द्रीय सदस्यको सूची पढेर सुनाएका थिए । केन्द्रीय सदस्यको सूची अनुमोदन भएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्