असोज १६, २०८०
नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...
मंसिर १३, २०७८
नेकपा एमालेको १४औं महाधिवेशनअन्तर्गत सोमवार बिहानदेखि मनोनयन दर्ता शुरू भएको छ ।
एमाले अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । आइतवारै फारम लिएका रावलले सोमवार बिहान निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
अन्य पदमा समेत धमाधम उम्मेदवार दर्ता भइरहेको स्रोतले जनाएको छ । ओलीले बन्दसत्र हलमा सार्वजनिक गरेको नामभन्दा बढी उम्मेदवारी परेमा निर्वाचन हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले संशोधन सहितको कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिने र बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिने छ ।
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।
बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिउँसो १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान शुरू हुनेछ । मतदानको समय मंगलवार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतवार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।
उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका छन् । उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था रहेको छ ।
नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...
नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनाश्यक रुपमा चीनका विभिन्न ठाउँमा भ्रमण गरेको भन्दै कटाक्ष गरेका छन् । चीनकै ...
कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रम...
हत्यारालाई आममाफी दिएर राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधर...
मकवानपुर– बागमती प्रदेशसभाको मंगलवार अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमवार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा व...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन् । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए । नेपाली कांग्रेस षडानन्द नगरप...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...