०६ साउन २०८३, बुधबार
एमाले महाधिवेशन

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता, अन्य पदमा पनि धमाधम मनोनयन हुँदै

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता, अन्य पदमा पनि धमाधम मनोनयन हुँदै

नेकपा एमालेको १४औं महाधिवेशनअन्तर्गत सोमवार बिहानदेखि मनोनयन दर्ता शुरू भएको छ ।

एमाले अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । आइतवारै फारम लिएका रावलले सोमवार बिहान निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्य पदमा समेत धमाधम उम्मेदवार दर्ता भइरहेको स्रोतले जनाएको छ । ओलीले बन्दसत्र हलमा सार्वजनिक गरेको नामभन्दा बढी उम्मेदवारी परेमा निर्वाचन हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले संशोधन सहितको कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिने र बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिने छ ।

बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिउँसो १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान शुरू हुनेछ । मतदानको समय मंगलवार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतवार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका छन् । उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्