०२ असार २०८३, मंगलबार

बस दुर्घटनामा १ जनाको मृत्यु, २३ घाइते

मंसिर १३, २०७८
बस दुर्घटनामा १ जनाको मृत्यु, २३ घाइते

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८०४१ नम्बरको बस आइतवार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते भएकामध्ये ११ जनाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्