२२ जेठ २०८३, शुक्रबार

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

मंसिर १३, २०७८
सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले जोरायल गाउँपालिका–३ मा सोमवार बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने जानकारी दिए ।

मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय संघीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती कामहरू नियमसंगत तरिकाले भए/नभएकाबारे नागरिकस्तरबाट अनुगमन गर्नुपर्ने समेत आग्रह गरे ।
    
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम क्षेत्रका सबै नागरिक तथा सामान्य परिवारका व्यक्तिले महसूस गर्ने गरी विकास निर्माणका कामको थालनी गरिएको बताइन् । उनले भनिन्, ‘गाउँमा बस्ने विपन्न वर्गका नागरिकले महसूस गर्ने गरी हामीले विकास गर्न थालेका छौं, नागरिकले सोचेअनुसारको विकास हुनेछ ।’

तत्कालीन संविधानसभा सदस्य हर्कबहादुर सिंहले जनताले प्रतक्ष अनुभूति पाउने गरी विकास हुनुपर्ने आग्रह गरे । उनले भने, ‘जनताले चाहेको विकास हो, हामीले उनीहरूले प्रत्यक्ष अनुभूति हुने खालका विकासका काममा जोड दिनुपर्छ ।’ 

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले सुदूरपश्चिमका अधिकांश नागरिक कामका लागि भारत जाने परिपाटी अहिले पनि कायमै रहेका कारण अब यहाँका युवा तथा अन्य बेरोजगार युवाले गाउँमै रोजगारी पाउने गरी कामको शुरूआती हुनुपर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्